Wednesday, January 16, 2013

चाणक्यका यी विचार जसले तपाईको जीवन परिवर्तन गराउन सक्छ...

चाणक्य कुनै बेलाका प्रख्यात कुटनीतिज्ञ हुन् । उनी महान् सम्राट चन्द्रगुप्त मौर्यका महामन्त्री थिए । उनले नदवंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाएका थिए । उनी राजनीति र कूटनीतिका साक्षात् मूर्ति थिए । उनको अर्थशास्त्र राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिको महान ग्रन्थ छ । अर्थशास्त्र मौर्यकालीन भारतीय समाजको दर्पण मानिन्छ ।
उनका विचारहरू हरेक मानिसका लागी पथप्रदर्शक हुने गर्छ । जानौ उनका केही विचारहरू...
१. अरूका गल्तिहरूबाट सिक्नुपर्छ । उनीहरूलाई लामो समयसम्म आफ्नो बनाएर तिमी जीउन सक्दैनौ ।
२. मानिस धेरै इमान्दार पनि हुँदैन किनकी सोझो रूखलाई सबैभन्दा पहिले काटिन्छ त्यस्तै सोझो मानिसलाई पनि पहिले निशाना बनाइन्छ ।
३. साथीत्वका पनि आफ्ना स्वार्थहरू हुन्छ । स्वार्थ बिनाको कुनै साथित्व हुँदैन । यो तितो सत्य हो ।
४. यदी तिमी कुनै काम सुरू गर्न गइरहेका छौ भने यी तीन प्रश्न आफूलाई सोध: किन म यस्तो गर्न गइरहेको छु, यसको नजिता कस्तो हुनेछ, के म सफल हुनेछु । यी प्रश्नको उत्तर अन्तर्मनले सोचेर मात्र कुनै कामको थालनी गर्नु उपयुक्त हुन्छ ।
५. यदी तिम्रो नजिक कहिल्यै डर आए भने त्यसलाई आक्रमण गर र परास्त गर ।
६. विश्वको सबैभन्दा ठुलो शक्ति युवावस्था र महिलाको सौन्दर्य हो ।
७. यदी तिमीले कुनै काम सुरू गर्यौ भने असफल हुने विचार नल्याउ र त्यो काम नछोड पनि ।
८. फुलको बास्ना जता हावा लागेको छ त्यता मात्र फैलिन्छ तर मानिसको राम्रो काम सबैतिर फैलिन्छ ।
९. साच्चै भगवान छैनन्, तिम्रो विचार नै तिम्रो भगवान हो र तिम्रो आत्मा तिम्रो मन्दिर ।
१०. एउटा मानिस कामबाट ठूलो हुन्छ, जन्मबाट होइन ।
११. कहिल्यै पनि आफ्नो उचाई भन्दा माथी तथा तलको साथी नबनाउ । यसले कहिल्यै तिमीलाई खुसी दिँदैन ।
१२. तिम्रो सन्तानलाई पहिलो ५ वर्ष प्रेमीकालाई गरे जस्तै माया गर, त्यसपछीको ५ वर्ष गाली गर । जब उनीहरू १६ वर्ष पुग्छन् तब उनीहरूसँग साथीलाई जस्तै व्यवहार गर । तिम्रो सन्तान नै तिम्रो राम्रो साथी हुनेछ।
१३. शिक्षा नै तिम्रो सबैभन्दा राम्रो साथी हो । एक शिक्षित व्यक्ति जहाँसुकै सम्मानित हुन्छ । शिक्षाले सुन्दरता र युवावस्थालाई जित्न सक्छ ।
१४. किताबहरू मुर्ख व्यक्तिलाई त्यति नै फाइदाजनक हुन्छ जती एक अन्धो व्यक्तिलाई ऐनाले फाइदा दिन्छ ।

No comments:

Post a Comment