एउटा अँन्धो मान्छे सधैं चर्चमा जाने गर्थेउ ! अँन्धा पनि थियो अनी बहिरो पनि
! धेरै जोडले कोही चिल्लाउदा मात्र मुश्किलले सुन्थेउ ! त चर्चमा न त प्रवचन पुरोहितले
बोलेको उसले सुन्न सक्थेउ , न चर्चमा हुने भजन-संगीत
उसलाई सुनाई पर्थेउ ! न ऊ केही देख्न सक्थेउ ! तर जान्थेउ नियमपुर्वक ! एक दिन एउटा
मान्छेले उसलाई सोध्यो की हाम्रो बुझाईमा केही आइरहेको छैन, तिमी केको लागी यहाँ आउछौ ? न तिमी देख्न सक्छौ, न सुन्न सक्छौ, तैपनी तिमी किन यत्रो
कष्ठ उठाउछौ ? त्यस मान्छेले भन्यो,
म यसको लागि आउने गर्छु कि अरुले देखुन कि म चर्च
जानेवाला एउटा धार्मिक मान्छे हुँ । अनी तिमीसँग आँखा भएपनी तिमी पनि आउछौ त यसैको लागि
! तिमीसँग कानै भएपनी तिमी पनि त आउछौ यसैको लागि !
मंदिर , गुरुद्वारा , मस्जिद , चर्च जानु पनि सामाजिक
कृत्य बनेको छ ! एउटा ओपचारिकता भएको छ, जुन वाध्यता बनेको
छ ! यदी तिमी दुई पैसा नै दान दिएपनी त्यसमा तिम्रो आशा लुकेको छ । तिमी केही पाउन चाहन्छौ
! त्यो दान हैन, लेनदेन भयो । लेनदेन र दानमा
यही नै फरक छ ! जब तिमी त्यसको बदलामा केही चाहन्छौ भने, तब लेनदेन ! अनी त धेरै अप्ठ्यारो हुनजान्छ ! त्यसैले त तिमीले कहिल्यै दानै गरेकै छैनौ ! तिमीले लेनदेन
मात्र गरेउ ! अनी जुन मान्छेले तिम्रो शोषण गरिरहेका छन, त्यसैले थाहा हुन्छ कि तिमी लेनदेन नै गरिरहेका
छौ ! त्यसैले उनिहरु तिमीलाई सम्झाउछन् कि यहाँ एक देऊ वहां पाउछौ लाख ! यहाँ देऊ ब्राह्मणलाई
,तिमिले वहां पाउछौ ! करौडौ गुना प्राप्त गर्छौ स्वर्गमा
! जसले तिम्रो शोषण गर्छन् , उसले पनि बुझिसके
कि तिमी लेनदेन नै गरिरहेकाछौ ! दान त तिमी दिन सक्दैनौ !
के तिमी यस्तो मन्दिरमा नि
दान दिन्छौ, जहाँ भनोस कि तिमी दान देऊ
तर , पाउदैनौ केही पनि? देऊ तिम्रो खुशी, तिम्रो इच्छा , तर त्यस्को बादलामा केही नि पाउदैनौ ! त्यस मन्दिरमा
दान दिनेवाला भेट्न पनि गाह्रो हुन्छ ! त्यो मन्दिर ढल्छ नै ! त्यो मन्दिर बन्न नै
गाह्रो हुन्छ ! त्यस्तो मन्दिर कही कतै छैन !
- ओशो ( एक ओंकार सतनाम )
No comments:
Post a Comment