पुरुष जस्तोसुकै किन नहोस्
। हाम्रो शास्त्रमा यसको बढी नै प्रशन्सा गरेको पाईन्छ। यदी कुनै पत्नी आफ्नो पति मर्न आटेको, कुहेको, कुष्ठ रोगले गलेको पतिलाई पनि काधमा राखेर वेश्याको
घर पुराउछ भने, त्यसलाई हामी भन्छौ:
यो हो चरित्र, हेर कस्तो राम्रो
चरित्र। मर्न लागेको पतीले इच्छा व्यक्त गर्यो कि मलाई वेश्याको घर पुराउ। र स्त्री
उसलाई काधमा राखेर पुराएर फर्किन्छे। " यसलाई त गंगा जीमा डुबाउनु पर्थेउ,
तब चरित्र हुन्थेउ। यो चरित्र हैन, मात्र दासी हो, यो शोषन हो अरु केही होइन।
पश्चिममा पहिलो चोटि स्त्रीले
पुरुष बाराबरको अधिकारको घोषणा गरेउ। यसलाई म चरित्र भन्छु। तर, तिम्रो चरित्रको धेरै अचम्मको कुरा हुन्छ। तिमी
यो कुराको चरित्र मान्छौ, कि हेर नेपालको स्त्री
चुरोट पिउदैनन। तर पश्चिमको स्त्रिले पिउछ। अनी नेपाली स्त्रिहरु पश्चिमबाट आएको फेशनको
अन्धानुकरन गरिरहेका छन। यदी चुरोट पिउनु गलत हो भने पुरुषले पिउदा पनि त्यती नै गलत
हुनुपर्छ। यदी पुरूषलाई चुरोट पिउन अधिकार छ भने स्त्रिलाई चाँही किन नहुने। कुनै पनि
चिज नराम्रो छ भने त्यो सबैको लागि नराम्रो हुन्छ , र यदी राम्रो छ भने सबैको लागि राम्रो हुनुपर्छ। खाली स्त्रिमा
मात्र हामी किन भेदभाव राख्ने। किन स्त्रिलाई चाँही अलग मापदन्ड निर्धारित गर्ने?
पुरुष यदी लंगोटी लगाएर नदिमा नुहाए ठीक,
यदी स्त्री आधा शरीर ढाकेर नुहऊदा पनि चरित्रहिन
भयो। यो किन दोहोरो मापदन्ड? मान्छेहरु भन्छन: " यो
देशको युबती पश्चिमबाट आएको फेशनको अन्धानुकरन गरेर आफ्नो चरित्रको सत्यनाश गरे।
अलिकती पनि होइन। एक त चरित्र
केही पनि होइन ....... । र पश्चिममा चरित्र जन्मिदैछ। यदी यो देशको स्त्री पनि पश्चिमको
स्त्री झै पुरुषको साथसाथमा आफुलाई पनि सक्षम घोशित गरे भने उनिहरुको जिबनमा पनि चरित्रले
जन्म लिन्छ, र आत्मा जन्मिन्छ।
स्त्री र पुरुषमा समान अधिकार हुनु पर्छ।
यो कुरा त पुरुष सधैं गरिरहेका
छन, स्त्रिहरुमा उनिहरुको उत्सुकता
छैन: स्त्रीसँग पाउने दाईजोमा उत्सुकता छ। स्त्रिसँग कस्को लिनु दिनु छ र। पैसा,
धन, प्रतिस्ठा।
हामी बच्चाहरुलाई विवाह गर्न
वाध्य गर्छौ। केटाले म केटी हेर्छु भने, ठीक। यो उसको हक हो। तर केटीले
म पनि केटा हेर्छु भने, यो गलत। केटीले म केटा सँग दुई महिना बसेर हेर्छु
कि, यो केटासँग जीवन भरी बस्न योग्य छ कि छैन भनी भने यो भो चरित्रको
ह्रास। केटी पतन भैइ । र त्यसलाई तिमी चरित्र भन्छौ , जो सँग चिनजान छैन, सम्बन्ध छैन, यो भन्दा अघी परिचय भएको छैन।
उसको साथमा जिन्दगी भर साथ निभाउने निर्णय लिनु, यो चरित्र हो भने त्यसोभए
अज्ञान के हो त ? फेरी मुर्खता के हो त ?
पहिलो पल्ट संसारमा एउटा स्वतन्त्रताको
हावा चल्दै छ। लोकतन्त्रको हावा वहदै छ। र महिलाहरुले उदघोशणा गरे समानताको, त पुरुषहरुको छातीमा साप बसे झै भएको छ। तर ठीक
छ कि पुरुषहरुको छातीमा साप बसेको झै भएको त, यो त ठीक छ; महिलाको छातीमा पनि साप बसेको झै भएको छ। महिलाहरुको
यो दासता यती गहिरो भएको छ, कि उनिहरुलाई थाहै
नै पाइरहेको छैन कि जसलाई उनिहरु चरित्र, सति-सावित्री र अरु
अनेका अनेक मानिरहेकि छिन, ति सबै पुरुषहरु द्धारा
बनाएको जबरजस्तीको बिचार हो भन्ने।
पश्चिममा एउटा शुभ समय देखिन
थालेको छ। यसमा आत्तिनुपर्ने कुनै जरुरत नै छैन। डराउनुपर्ने कुनै जरुरत नै छैन। न
कुनै कारण नै छ, सत्य त यो हो कि मनुष्य जाती आजसम्म धेरै चरित्रहिन
ढंगबाट जिइरहेका थिए। तर यो चरित्रहिनता मनुष्य नै आफुलाई चरित्रवान सम्झिन्छन। त्यसैले
मेरो कुरा उनिहरुलाई नराम्रो लाग्छ। किनभने म मनुष्यको चरित्र खराब गर्दैछु। म त केबल स्वतन्त्रता र बोध गरइरहेकोछु। समानता
दिई रहेको छु । अनी जिबन जबरदस्ती बन्धनमा जिउनु भन्दा मानिस स्वतंतन्त्र भएर जिउनु
नै बेस हुन्छ र बन्धन जती कम हुँदै जान्छ त्यतिनै राम्रो किनकी बन्धनले खाली आत्मालाई
मार्दछ, बिगारेर छोडीदिन्छ। तिम्रो जिबनलाई तहसनहस गरिदिन्छ।
जिबन एउटा सिधा सरल आनन्द, उत्सव हुन पर्छ । यस्लाई किन यती उल्झन, किन यस्लाई यती भारी बनाउन खोजिरहेको छ ? र म यो भन्दिन कि आफ्नो क्षमता र चेतना भन्दा बाहिरको
कुनै काम गर । कुनै व्यक्तिको एउटै व्यक्तिसँग
जिबनभरी प्रेम गर्ने भाव छ भने त्यो त अती राम्रो कुरा हो । तर यो भाव आन्तरिक हुनुपर्छ।
कसैको करजफतले होइन कुनै बाध्यताले होइन। हैनभने, त्यही व्यक्तिले बदलाको भाव राख्दछ, त्यही व्यक्तिलाई सताउने छ र त्यही व्यक्तिमा
रिस पोख्नेछ।
****ओशो****
No comments:
Post a Comment