Sunday, November 18, 2012

मित्र ..यो संसार .. यो जीवन यस्तै त हो नि...

मित्र ..यो संसार ..
यो जीवन यस्तै त हो नि...
घाम....छाया...
चैत्र ... बैसाख
घाम ...गर्मी...छन् भने
असार सावन..का झरीहरु
हरु पनि त छन् नि...
पुष माघ का शितलहरी
छन् भने...
बसन्त पनि त छन् नि...
नदीका उफान छालहरु
खहरे का गर्जन छन् भने
शान्त बहाव मा बग्ने ....
नदि पनि त छन् नि...
जीवनमा काँडामात्र हेर्छौ
फूल हरु तिम्रो आँखा ले ..
देख्दैनर...प्रभु ले गरुन के ....
भन त् ....
जीवनको नदी यस्तै अनुकुल
प्रतिकुल अह्रेक परिस्थिति बाट
त बग्छ ...यही यसको सौन्दर्य हो
यही यसको विशेषता ...
यदी..तिमि प्रभुको बहावमा
बग्न सकेनौ भने तिमिले स्वयम् लाई...
दुखि गर्नु बाहेक केहि गर्न सक्दैनौ..
जीवन रुपी नदीको धारको विपिरित
पौडिन खोजेउ भने ...तिमि स्वयम् को
वर पर आफै नर्क खडा गर्नु बाहेक केहि
हात पर्न सक्ने छैनौ..
एक दिन थाकेर हारेर...
.रुँदै जाने छौ..मीर्त्युशैयामा...
तर याद राख्नु...फेरी पुनुरुक्ति गर्ने छौ...
यदी तिमीले आफुलाई ...
विकशित गरेनौ..भने..जन्मौ..
पुनुरुक्ति....जन्म मरण ..जन्म ....
यही अस्तित्वको करुणा हो...
तिम्रो कल्याण को निम्ति...
किन भने जीवनको
बहाव परमात्मा ले
तिम्रो विकाश ....
तिम्रो मंगल निम्ति
सिर्जन गरेका छन्...
बग...मित्र ...धार..
संगै बग....जीवन अनमोल छ...
जीवन परमात्माको ..
दिव्य प्रशाद हो
यहाँ हरेक मौषम...हरेक ..
काँडा ...हरेक परिस्थिति
हरेक फूल तिम्रो निम्ति
तिम्रो मंगल निम्ति ...
तिम्रो विकाश निम्ति
सिर्जित छन्....
बस...हेर्ने दृस्टीकोण ...
गुरुकृपा..अपार
गुरुकृपा अनन्त ...
जय ओशो
***tathagat swami ***

No comments:

Post a Comment