Tuesday, November 20, 2012

प्रेम र यौन एक अर्काका

व्यक्तिविषेशका प्रति, उसको कुनै खुबी या सौन्दर्यको वशिभूत उब्जिएको भाव प्रेम होइन, वासना हो । वासना सधैं बदलिरहन्छ । आफूलाई राम्रो लागेको मान्छे वा वस्तुभन्दा पनि राम्रो अर्को  व्यक्ति वा वस्तु देखेको क्षण मनमा त्यो प्राप्त भइदिए हुन्थ्यो भन्ने कामना उब्जिन्छ । यो मुच्र्छना हो, बेहोशी हो । बेहोशीले दुःख सिवाय केही दिँदैन ।

अधिकांशले प्रेमलाई यौवनको आवेग ठान्छन् । सहवासलाई यसको प्राप्ति मान्छन् । यौन र प्रेम छुट्टा छुट्टै कुरा हुन् । जसरी प्रेम प्राणीको स्वभाव हो, यौन पनि आवश्यकता हो , तर पशुलाई झैं यौन स्वच्छन्दता मान्छेलाई नभएकाले, तथाकथित सभ्यताले यसको प्राकृतिक वेग रोकिदिएकाले मान्छेको मनमा यौनको गहिरो तृष्णा छ ।

पुरुष यौनका लागि प्रेम गर्छ भने महिला प्रेम प्राप्त गर्न यौनका लागि स्वीकृति दिन्छिन् । पुरुष प्रेम दर्साएर आफ्नो भागको यौन सुख हासिल गर्छ भने महिला यौन सुख अनुभव गरेर वा यौनलाई स्वीकार गरेर आफ्नो भागको प्रेम प्राप्त गर्छिन् । वास्तवमा यो प्रेम र यौनको आदान प्रदानबाट महिला पुरुष दुवैमा एक गहन तृप्ति जन्मन्छ, जसले प्रे...मलाई अझ प्रगाढ र गहिर्राईमा लान्छ । प्रेम र यौन एक अर्काका पुरक हुन्

जीवनमा सबै दुःख मृत्युका अगाडि फिका हुन्छन् । मान्छेले पशुलाई अनन्त दुःख दिएको छ । आफ्नो स्वार्थका लागि बाँधेको छ, जोतेको छ, उसलाई काटेर रगत पिएको छ, उसको मुटुको भुटन बनाएको छ । तीनको सीमित चेतनाका कारण यो सब सम्भव भएको हो ।‘जबसम्म जनावर मारिन्छन्’ प्रसिद्ध दार्शनिक लियो टोल्सटयले भनेका छन्, ‘तबसम्म युद्ध भइरहनेछन् ।’ जस्तो आहार उस्तै मन भन्ने दर्शन नै छ ।

मृत्यु एउटा झुट हो । मात्र भ्रान्ति हो । तिमी बच्चा थियौ, तन्नेरी भयौ । त्यो बच्चा कहाँ गयो ? मर्यो ? तन्नेरी थियौ, अब बूढो भयौ । त्यो तन्नेरी कहाँ मर्यो त ? जसरी मानिसको उमेरअनुसार रूप परिवर्तन हुँदै जान्छ, मृत्यु पनि रूप परिवर्तन मात्र हो । शरीरबाट आत्मा अलग हुने प्रक्रिया मात्र हो । शरीर पहिलेदेखि नै मृत हो, अब मृतको कसरी मृत्यु हुन्छ ? आत्मा अमृत हो भनेपछि यहाँ मृत्यु कतै छैन यसरी दुःख पनि छैन, मृत्यु पनि छैन

हामी मारकाट, बदला, घृणा, हिंसाकै भाषा बढी बुझ्दछौ,हामी खुकुरी, बन्दुक हतियारको कुरा बढी गर्छौं.........................ईष्र्या, द्वेष, राग, रोगहरू र
स्वार्थ त्याग्नुस मनुष्य जीवन दुर्लभ छ । जीवनका हरेक पल अमूल्य छन् र अमूल्य जीवन तबमात्र सार्थक हुन्छ जब हामी यसको सदुपयोग गछौ


गीता भन्छ म मेरो जन्म भन्दा पहिले कही पनि थियिन अनी मेरो मृत्यु पछी पनि मेरो कुनै अस्तिस्व यो धर्तिमा छैन। तर त्यही नै फेरी भनिएको छ कि मानव जीवन त आत्मा को प्रसारण को माध्यम मात्र हो। अर्थात आत्मा सबैथोक हो जिबको शरीर त उसको निमित्त मात्र हो।

‘देवता कतै आकाशबाट आउँदैनन् । सबै यहीँ छन् ।तिमी आफूलाई देवतामा परिणत गर्न सक्छौ गरिबी प्रकृतिको सिर्जन होइन । परमात्माले सम्राट मात्र जन्माउँछ । संसारमा गरिब कोही पनि छैन । सबैसँग अपार सम्पदा छ । तर मानिसको धारणा गरिब छ । मानिसको दृष्टि दुःखपूर्ण छ । दुःखपूर्ण दृष्टिबाट मुक्ति नै दुःखबाट मुक्ति हो ।’

यस्तो ब्यक्ती शायदै कोही होला जसले आफ्नो अनुहार ऐनामा नहेरेको होस् । ऐना सँग मनिसको सम्बन्ध सधैं जसो भई रहन्छ । हामी त्यस्मा आफ्नो अनुहार हेर्छौ, श्रिङ्गार गर्छौ, आफुले आफुलाई चिन्छौ कि हाम्रो अनुहार यस्तो छ तर हामीले कहिले ऐनामा हेरेर यो प्रश्न गरेका छौ कि हामी को हौ ? के हौ ? के यि प्रश्न हामीले आफ्नो मन लाई कहिले सोधेका छौ ?

मान्छे चेतनाका हिसाबले यो चराचर जगतको श्रेष्ठ प्राणी हो । उसको प्रेम फराकिलो र विराट हुनुपर्ने हो । तर यस्तो सायदै भएको छ । मान्छेको प्रेम पनि पशुको झैं शरीरकेन्द्री छ । भ्रमवश उसले यौनलाई प्रेम ठानेको छ । एक पश्चिमा विचारकले त भनेका पनि छन्, ‘प्रेम यौनको गलत उच्चारण हो ।’

एउटा मानिस यौनव्यवसायीकहाँ जान्छ भने उसको यौनको अनुभव शरीरभन्दा गहिरो जान सक्दैन । बलात्कार गर्ने मानिसले शरीरमाथि मात्र अनुभव गर्दछ र अन्य अनुभवबाट वञ्चित हुन्छ । अधिकांश मानिसको यौन अनुभव शरीरभन्दा गहिरो जान सक्दैन ।जहाँ प्रेमबिना विवाह हुन्छ, त्यो विवाह र यौनव्यवसायमा खास भेद छैन, खाली थोरैमात्र ।यौनव्यवसायीलाई एकदिनका लागि खरिद गरिन्छ भने पत्नीलाई पूरै जीवनका लागि । यो 'कन्ट्रयाक्ट पिरियड'को फरकमात्र हो ।

      

No comments:

Post a Comment