जिबनको परम् नियम हो अनुशासन, जीवनको जुन परम् नियम
छ, जुन उसको गहनतम अनुशासन छ, Discipline छ, त्यसलाई जान्न खोज्ने कलाको नाम नै धर्म हो।
नानकले अस्तित्व र उसको खोजलाई चार खंडमा बाडेको छ। ति चार खंडलाई थोरै बुझौ। यसको
बिभाजन धेरै बैज्ञानीक छ। पहिलो खन्डलाई उनी धर्म खन्ड भन्छन, दोस्रोलाई ज्ञान, तेस्रोलाई लज्जा र चौथोलाई कृपा।
धर्मको अर्थ हो, The Law, नियम: जसबाट अस्तित्व चल्छ। जस्लाई वेद्ले ऋत भनेका
छन। ऋतको कारणले नै त हामी परिबर्तको मौसमको ऋतु भन्छौ। ति दिनमा जब वेद लेखेका थिए,
त ऋतुए बिल्कुल निश्चित थियो। रत्ती-पल फरक पर्दैन
थियो। हरेक बर्ष वसन्त त्यही दिन आउथेउ जुन दिन सधैं आउथेउ। हरेक बर्ष बर्षा त्यही
दिन सुरु हुन्थेउ जुन दिन सधैं हुने गर्थेउ। मान्छेले प्रकृतिको अस्तव्यस्त गरिदिएका
छन । त्यसैले ऋतु पनि ऋतु छैन अहिले। किनकी ऋतु शब्द नै हामीले यस कारण दिएका थियौ,
कि अपरिवर्तित नियमको अनुसार जो चल्छ। एउटा अनुशासन
थियो। मान्छेको तथाकथित बुद्धीको करणले सबै अस्तव्यस्त नै भयो। ऋतुले नि आफ्नो बाटो
छोड्यो।
अब पश्चिममा यसबारे धेरै चिन्ता उत्पन्न भएको छ। एक नयाँ आन्दोलन चलेको छ। उनिहरु
भन्छन् प्रकृतिलाई नचलाऊ। हामीले अती नै नोक्सान गरेऔ। अब प्रकृतिलाई उसैको हालमा छोड।
उसमा कुनै पनि मानविय हस्तक्षेप खतरनाक हो । यसबाट केवल प्रकृति मात्र हैन,
अब मान्छेको पनि अंत नजिक छ।
वेदले जब मौसमको परिवर्तनलाई ऋतु भन्यो, त ऋतु शब्दको कारण भन्यो। ऋतुको अर्थ हुन्छ, अपरिवर्तित नियम, Unchanging Law; जसलाई लाओत्सेले ताओ भनेका छन। त्यस नियमलाई जान्न
जुन बिधी छ, त्यो धर्म हो। जीवनको
जुन परम नियम हो, जो उसको गहनतम अनुशासन
छ, Discipline हो, त्यसलाई चिन्ने कलाको नाम नै धर्म हो। बुद्धले त
धम्म या धर्म शब्दको अर्थ नियमको तरिकाले नै उपयोग गरे। त जब बौद्ध भिक्षुले भन्छन्
, धम्म शरणम् गच्छामी,
तब ऊ यो भनिराछ कि अब म नियमको शरणमा जान्छु। अब
म आफुलाई छोड्छु । र हामी त्यसलाई परम नियमको शरण भन्छौ, जसबाट हामी जन्मेउ र जसमा हामी लिन हुनेछौ। अब हामी उसैको साहारामा
चल्छौ। सत्यको जान्नु, त्यो नियमलाई जान्नु
नै हो ।
जीवनको जुन मुल आधार छ, त्यसलाई जान्नु नानक
भन्छन् , धर्म खंड।
हामी जिउछौ: तर हामी बिचारले मात्रा जिउछौ। हामी सोची सोची मात्र पाइला राख्छौ।
र जती सोची सोची हामी पाइला राख्छौ, त्यती नै हाम्रो पाइला गलत हुन्छ। जुन जुन हामी नसोचिकन गर्छौ, त्यो नै ठीक ठीक पाइलामा लेर जान्छ।
तिमी खान खान्छौ। फेरी त्यसलाई पचाउनको लागि त तिमी केही गर्दैनौ। फेरी त्यो नियमले
नै त्यसलाई पचाउछ। कुनै दिन कोशीस गरेर त हेर। भोजन गर, फेरी सोच कि अब कसरी शरीरले कसरी पचाउछ? फेरी चौबिस घण्टा याद राख कि पच्दैछ? अपच् हुन्छ त्यही दिन। किनकी जब बिचारले अचेतन नियममा
बाधा गर्छ, तब उपद्र सुरु हुन्छ। तिमी
सधैं साँझमा सुत्छौ, एक दिन सुत्ने बेलामा
सोच्दै सुत कि कसरी निराउने हो? कसरी निन्द्रा आऊछ?
बिचार गर।
त्यो रात निन्द्रा हाराउछ। त्यसैले धेरै बिचार
गर्ने मान्छेलाई अनिन्द्राको रोग हुनु कुनै आश्चर्य होइन।
जीवन त चलिरहेको छ। वृक्ष फूल फुलाउनु अगाडि सोच्छ र , कि कहिले फुलाउ? कि समय भयो कि भएन?? मौसम आयो कि आएन?
वृक्षलाई बोध हुन्छ आफ्नै जड देखी, सोचेर होइन। यो उसमा अन्तभार्वित छ। नदी सागर तिर
बहन्छ। उसलाई कुनै दिशाको बोध छ? उसँग कुनै नक्सा छ
र सागर कहाँ छ भन्ने? तर एउटा अचेतन नियम
उसलाई सागर तिर लिएर जान्छ।
यो यत्रो बिराट जगत चलिरहेको छ बिना बिचारको। र यो बिराट जगतमा कही कतै गल्ती भईरहेको
छैन। कहिले कुनै भुल चुक भएको छैन,
सब बिल्कुल ठीक छ। सिर्फ मानिस गलत भएका छन। किनकी
मानीस नियममा चलिरहेको छैन, बिचारले चलिरहेको
छ। मान्छे सोच्छ, गरु या नगरु?
ठीक छ या गलत? राम्रो होला कि नराम्रो? उचित होल कि अनुचित? पारीणाम के हुन्छ? फल मिल्छ कि मिल्दैन? लाभ हुन्छ कि हानी?
मान्छेले के भन्लान? हजार बिचार गर्छ। र यो हजार बिचारको धुवामा नै जीवनको नियमको
सिधा रेखा उल्झिन्छ र हराऊछ। निर्विचार भएर जो चल्छ, ऊ नै सिद्ध हो। निर्विचारले जो जिउछ, ऊ नै आयो धर्मको शरणमा।
अनी धर्म कुनै बुद्धिमानी हैन, र न तिम्रो बुद्धिको
कुनै निर्णय हो। धर्म त बुद्धिले थकिसकेको मान्छेको, बुद्धी देखी हैरान भएको छ, जसले आफ्नो तर्फबाट हात खुट्टा गलाइसके र कुनै पारीणाम आएन,
जो सबै तिर बाट थकिसकेका र असहाय मान्छेको खोज हो
धर्म। उसले बुद्धिलाई छोडिदिन्छ। र भन्छ अब तिमी खुसी जसरी चलाऊ। यसलाई नै नानक हुक्म
भन्छन, अब उसको हुक्ममा जिउछु।
यसलाई तिमी यो न सम्झ कि माथि बास गरेको कुनै महापुरुष, परमात्माले आदेस दिरहेकोछ। माथि कोही पनि छैन। आदेस चलिरेहेको
छ बिना निर्देसकको। नियम चलिराछ। नियम नै परमात्मा हो। हामीले भाषा नै यस्तो उपयोग
गर्नु पर्छ जुन मानिसले बुझोस्। त्यसैले मलाई त प्रतिक बनाउनु पर्छ। कती चोटि अबुझ
मान्छे प्रतिकको जकडेर बस्छन। ऊ सोच्छ कि परमात्माको कुनै मुख छ, या हात्-खुट्टा छ। ऊ कुनै सिंहासनमा बसेर आदेस दिरहेकोछ।
हामी आदेसलाई मान्ने कि नमान्ने ! नमाने अधार्मिक, नमाने परमात्मा रिसाउछन, क्रुद्ध हुन्छन, दंड दिन्छन। माने पुरस्कृत गर्छन् ।
यो सब व्यर्थको कुरा हो । यो तिमीले प्रतिकलाई आवश्यक भन्दा बढी खिचेउ। कुनै व्यक्ती
छैन कही बसेको। त्यस नियमको शरणमा जब तिमी जान्छौ, तब तिमीबाट गलत हुन बन्द हुन्छ। किनकी यो नियमले गलत गर्न जानेकै
हुँदैन। र जब तिमी ठीक हुन्छौ,तब सुखको संगीत बज्न
थाल्छ। ठीकको अर्थ नै यो हो कि जब सबै ठीक हुन्छ , तब तिम्रो साथमा दु:खको छायासम्म हुन्न। जती गलत हुँदै जान्छ,
त्यती चिन्ता गहिरो हुन्छ। दु:ख, पीडा हुन्छ। तिमी दु:खको दंड नसम्झ। कसैले दंड दिरहेको
छैन। तिमी दु:खलाई त केबल गलत हो भन्ने सुचना बुझ्नु।
-ओशो
पुस्तकः एक ओंकार सतनाम