Saturday, December 22, 2012

स्वयमसँग सोध , "म को हुँ ?" ओशो

" म को हुँ? " जसले स्वयमलाई यो प्रश्न सोध्दैनन, उसको लागि ज्ञानको द्धार बन्द नै रहिरहन्छ। त्यो द्धार खोल्ने कुन्जी नै यही हो। स्वयमलाई सोध कि "म को हुँ?" र जसले प्रबलता र समग्र रुपमा सोध्छन, उसले स्वयमबाट नै उत्तर पनि पाउदछ।
कारलाइल बुढा भैइसकेको थियो। उसको शरीरले अस्सी वसन्त पार गरिसकेको थियो। र जुन शरीर कुनै समयमा धेरै सुन्दर र स्वस्थ थियो, त्यो शरीर अब जर्जर थिल्थिलो भैइसकेको थियो। जीवन अस्ताउनको लागि लक्षण प्रकट हुन लगिसकेको थियो। यस्तै बुढेसकालको एका बिहानको घटना हो। कारलाइल स्नानकक्षमा थियो, स्नान गरिसकेपछी जब शरीरलाई पुछ्दै थियो, उसले अचानक देख्यो कि त्यो शरीर त पहिल्यै काचुली फेरिसकेको रहेछ, जसलाई कि ऊ आफ्नो ठानि बसेको थियो! शरीर त पुरै नै बदलीसकेको थियो। त्यो काया अब कहाँ छ जस्लाई उसले प्रेम गरेको थियो? जस माथि उसले गौरब गरेको थियो, त्यसको ठाउमा अब यो जरजर र खन्डहर मात्र बाँकी थियो, र साथसाथै एक अत्यन्त अभिनव-बोध पनि उसको भित्र प्रखर रुपमा दुरुस्तै थियो। "शरिर त त्यही थिएन, तर ऊ त उही नै थियो। त्यो त परिवर्तन भएको थिएन। र उसले स्वयम सँग सोधेको थियो, " आह!! त्यसो भए "म को हुँ?"
यही प्रश्न प्रत्येकले आँफैसँग सोध्नु पर्दछ। यो नै असली प्रश्न हो। प्रश्नहरुको प्रश्न नै यही हो। जो यो प्रश्न आँफैलाई सोध्दैनन, उसले केही पनि सोध्दैन, र उत्तर कहाँ बाट पाओस्?
सोध!! आफ्नो अन्तरतमको गहराइसम्म यो प्रश्नलाई गुँजिन देउ, "म को हुँ?"
जब प्राण देखी नै पुरै शक्ती लगाएर जसले सोध्छ, तब अवश्य नै उत्तर उपलब्ध हुन्छ। र, यो उत्तर जीवनको सारा दिशा र अर्थलाई परिवर्तित गरिदिन्छ। यो भन्दा पूर्व मान्छे अन्धो सरह छ। यो उत्तर पछी मात्र उसले सहि मात्रामा आँखा खोल्दछ। 
(ओशो के पत्र-संकलन ‘पथ के प्रदीप’ से)

No comments:

Post a Comment